बैतडीः नेपाल प्रहरीले निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ। ६८औँ प्रहरी दिवसको असवर पारेर ‘समुदायमा नेपाल प्रहरीको भूमिका’ विषयमा निबन्ध लेखन प्रतियोगिता गर्न लागेको हो।
भाग लिन इच्छुक विद्यार्थीहरूलाई निबन्ध लेखन प्रतियोगितामा सहभागिताका लागि स्थानीय तहलाई परिपत्र गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक खेम विक्रम केसीले जानकारी दिए।
उनकाअनुसार निबन्ध प्रतियोगिताका कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन पाउनेछन्। त्यसका लागि सम्बन्धित स्थानीय तह वा सम्बन्धित जिल्ला प्रहरी कार्यायमा यही असोज १० गतेभित्रै नाम दर्ता गरिसक्नु पर्ने छ। १२ गते बिहान ८ देखि ११ बजेसम्म निबन्ध लेखनको लिखित परिक्षा हुने छ। निबन्ध १५ सय देखि २ हजार शब्दमा लेख्नुपर्ने छ।
‘जिल्लामै गठन गरिने मुल्याङ्कन समितिले गरेको निर्णयको आधारमा प्रथम स्थान हासिल गरेका विद्यार्थीको निवन्धसहितको विवरण प्रदेशमा पठाइने छ,’ उनले भने, ‘देशभरीबाट प्रथम स्थान हासिल गर्ने विद्यार्थीलाई नगद २५ हजार प्रदान गर्दै सम्मान गर्ने कार्यक्रम रहेको छ।’
जिल्लामा भएको परीक्षामा प्रथम प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीलाई असोज अन्तिम कार्तिक पहिलो साता हुने ६८ औँ प्रहरी दिवसको अवसरमा सम्मान गरिने उनले जानकारी दिए।