डोटीः डोटीको एक पशु सेवा शाखामा औषधि अभाव भएको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा रहेको पशु सेवा शाखामा औषधि अभाव भएको हो।
संघीयता कार्यान्वयनमा आउनु अघि किसानलाई निःशुल्क वितरण गरिँदै आएका जुम्रा, उपियाँ, नाम्ले, जुका लगायतका २० प्रकारकारका औषधि मध्ये अहिले शाखामा छैनन्।
किसानलाई निःशुल्क वितरण गर्दै आएको घाउ खटिरा, चोट पटक लाग्दा सिलाउने धागो, लट्ठ्याउने सुई, दुखाइ कम गर्ने औषधि, ज्वरो, निमोनिया, झाडापखालाको औषधि पनी नभएको स्थानीय रामबहादुर खड्काले बताए।
शाखामा जुका, जुम्राको औषधि समेत नहुँदा पशुपालक किसान समस्यामा परेका छन्। गत असार यता औषधि अभाव भएको पशु सेवा शाखाका प्रमुख शंकर साउदले जानकारी दिए।
पालिकामा पटकपटक यो समस्या राख्दा समेत ध्यान नदिएको र कार्यालयमा बस्दा सेवाग्राहीको गालि खानु पर्ने बाध्यता रहेको साउद सुनाउँछन्।
‘पशु बिरामी भयो भनेर गाउँगाउँबाट फोन आउँछ, औषधि छैन्भन्दा गालि दिन्छन्। औषधि विना उपचार सम्भव हुँदैन्,’ उनले भने।