डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकाले एक वर्षको उपलब्धि सार्वजनिक गरेको छ। पालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै पालिकाका गत आर्थिक वर्ष २०७९/०८० को उपलब्धि सार्वजनिक गरेको हो।
गत आर्थिक वर्ष २०७९/०८० मा नवदुर्गा गाउँपालिकाले चालु तर्फको ३१ करोड २८ लाख ३८ हजार रुपियाँ बराबरमा २७ करोड ३३ लाख ४७ हजार ६२४ रुपियाँ खर्च भएको छ भने ३ करोड ९४ लाख ९० हजार रुपियाँ फ्रिज गएको छ।
यस्तै पूजीगत तर्फको १५ करोड १९ लाख २७ हजार रुपियाँ मध्ये १२ करोड २२ हजार ८३ हजार ३१७ रुपियाँ खर्च हुदा २ करोड ९६ लाख ४३ हजार ६८३ रुपियाँ फ्रिज भएको प्रशासन शाखा अधिकृत पुष्पराज जोशीले प्रश्तुत गरेको प्रतिवेदनमा उल्लेख छ। आन्तरिक राजश्व तर्फ संकलित २३ लाख २७ हजार २५२ रुपियाँमा सबै रकम खर्च भएको उल्लेख छ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले आफ्नो कार्यकालमा विद्युत् नपुगेको ठाउँमा विद्युत् विस्तार, सडकको स्तारोउन्नती र खानेपानी समस्या हल गर्ने रहेको बताए। गाउँपालिको समग्र विकासका लागि पालिकाको बजेट अपुग भएकोले विकासे बजेटका लागि प्रदेश र संघ सरकारसँग समन्वय गरिरहेको बताए।
‘म जनताको सेवक हुँ। आफ्नो कार्यकाल भित्र नवदुर्गा गाउँपालिकाका बासिन्दाले महसुस हुने गरि काम गर्छु’ उनले भने,’ ‘पालिकाले गरेका कामहरूलाई सार्वजनिक गर्न र सुशासन र पार्दर्शिता कायम गर्न म अग्रसर छु।’
कार्यक्रमका सहभागीले सडक, विद्युत् विस्तार शैक्षिक गुणस्तरमा सुधार, स्वास्थ्य सेवा प्रभाहमा ध्यान दिनु पर्नेमा जोड दिएका थिए। निर्माण सम्पन्न भएका योजनाको भुक्तानी समयमै हुनु पर्ने र मदिरा निशेधित क्षेत्र भइपनि नियन्त्रण हुन नसकेकोले पालिकाले तदारुक्ता देखाउनु पर्ने सुझाव दिएका थिए।
सहभागीले उठाएको प्रश्नको नवाफ दिँदै अध्यक्ष अवस्थीले गाउँपालिका बासीका आवश्यकता, माग र मर्मलाई मध्येनजर गर्दे काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
गत आर्थिक वर्षको उपलब्धि सार्वजनिक गर्दै गाउँपालिकाका प्रशासन शाखा प्रमुख पुष्पराज जोशीले चालु आर्थिक वर्षमा योजना तर्फ गाउँपालिका अन्र्तगत विभिन्न वडाहरूमा ११.३ किमि कच्चि सडक निर्माण, ६ किमि सडकको डवल कटिङ्ग तथा विस्तार गरि यातायात प्रणालीमा सहजता बनाएको जानकारी दिए।
उनले गाउँपालिकाको प्रशासनिक, विषयगत, मिटिंग हल, आवास भवन तथा घेरवार खानेपानी योजना निर्माण सम्मन्न गरेको बताए। गाउँपालिकाका विभिन्न स्थानमा सिचाईं कुलो तथा पोखरी गरि हालसम्म जम्मा ३७ वटा योजना सम्पन्न भै ७४६ रोपनी जमिनमा सिचाई सुविधा उपलव्ध गरिएको उनले बताए।
विभिन्न वडाहरूमा हालसम्म २९ वटा खानेपानी योजनाहरुको निर्माण तथा मर्मत सम्पन्न भै करिव ५८० घरधुरीका २ हजार ९ सय जनसंख्यालाई खानेपानी सुविधा विस्तार गरेको पालिकाले आफ्नो उपलब्धि विवरणमा सार्वजनिक गरेको छ।
धार्मिक तथा पर्यटकिय क्षेत्र अन्र्तगत ३४ वटा मन्दिरहरूमा पूर्वाधार निर्माण तथा सुधार, विद्यालय भवन निर्माण अन्र्तगत ८ वटा विद्यालय भवन निर्माण, गोरेठो बाटो निर्माण, स्थानीय सडकहरूमा सोलिङ गर्ने कार्य अन्र्तगत १३ वटा बाटो र सडक सोलिङ कार्य गरिएको समेत नासु जोशीले जानकारी दिए।
त्यस्तै, विभिन्न वडाहरूमा १२ वटा अन्य भवनहरु, जस्तै रेडक्रस भवन, उद्यम घर, वडा कार्यालय झ्याल ढोका, शौचालय मर्मत, हेल्थपोष्ट कार्यालय भवन छाना मर्मत, विभिन्न विद्यालयका झ्याल ढोका मर्मत तथा निर्माण गरिएको उनको भनाइ छ।
‘विजुलीको पहुँच नभएको ठाउँमा परम्परागत शैलीको पानी घट्टलाई सुधार गरि सुधारिएको पानी घट्ट निर्माण गरिएको छ। योजनाहरुका निर्माण समिति गठन गर्दा समावेशीतालाई उच्च प्राथमिकता दिइएको छ,’ उनले भने, वडा स्तरवाट नै योजनाहरूको भुक्तानी गर्ने अभ्यास सुरु गरिएको छ।’
उनका अनुसार चालु आर्थिक वर्षमा सञ्चालित योजना मध्ये ९९ प्रतिशत योजना सम्पन्न भै ४७ हजार ७ सय १ कामदार दिन वरावर स्थानीय स्तरमा रोजगारी सिर्जना भएको र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ८९ वटा साना तथा ठूला योजना सम्पन्न भइ २३ हजार ५ सय श्रम दिन बराबरको रोजगारी सृजना भएको छ।
शिक्षा शाखा अन्र्तगत भएका उपलब्धि
१. विद्यालय शिक्षा गुणष्तरिय तथा प्रविधि मैत्री बनाउन सामुदायिक विद्यालयहरुमा पुष्तकालय¸ विज्ञान प्रयोगशाला र आइसीटी ल्याब स्थापना कार्यलाइ निरन्तरता दिइएको।
२. सामाजिक विभेद भोगिराखेको दलित समुदायका विद्यार्थिहरुलाइ निशुल्क पाठ्यपुष्तक तथा छात्रवृति प्रदान गरिएको।
३. सामुदायिक विद्यालयहरुमा खुवाइने दिवा खाजामा प्रसोधित खाद्य सामाग्रिको प्रयोग निषेध गरिएको ।
४. छात्राहरूलाई सेनटरी प्याड वितरण।
५. कक्षा ५ र ८ को पालिका स्तरीय वार्षिक परिक्षा सञ्चालन।
६.शैक्षिक क्यालन्डर निर्माण गरिएको। शैक्षिक क्यालेन्डर निर्माणले विद्यालयहरूलाई वार्षिक शैक्षिक योजना निर्माण गर्न सहज भएको।
७. आर्थिक वर्ष भरि शैक्षिक क्षेत्रमा सञ्चालन गरिएका क्रियाकलाप तथा कार्यक्रमहरुको वार्षिक शैक्षिक बुलेटिन तयार गरिएको।
८.शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको क्षमता विकासका लागि विभिन्न तालिम सञ्चालन गरिएको।
९.विद्यालयहरूका आइएमइस प्रभावकारि तवरले लागु गरिएको।
१०.स्थानीय विषयक पाठ्यपुस्तक हाम्रो नवदुर्गा कक्षा १ निर्माण गरिएको।
११. स्थानीय पाठ्यक्रम हाम्रो नवदुर्गा निर्माण गरि कार्यान्वनमा ल्याईएको।
१२.सामुदायिक विद्यालयका प्रअहरू सँग प्रभावकारी समन्वयका लागि प्रति विद्यालयलाई एक सिमकार्ड र एक मोवाइल सेट वितरण गरिएको।
स्वास्थ्य सेवा शाखा अन्तरगत
१. विशेषज्ञ सहितको एकीकृत निशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन भएको छ र सो शिवीर बाट झण्डै ३ हजार बढी लाभान्वीत।
२. निशुल्क आँखा सल्यकृया शिवीर सञ्चालन गरी ६९ जना मोतीविन्दु भएका बिरामीहरुको निशुल्क शल्यकृया सम्पन्न।
३. नवदुर्गा गाउँपालिका–२ मा आँखा उपचार केन्द्रको स्थापना गरि नियमित रुपमा आँखाका विरामीहरुको चेक जाँच।
४. गाउँपालिका स्तरमा खोप भण्डारणका लागि आफ्नै कोल्डचेन सव सेन्टर निर्माण गरि आवश्यक कार्यको थालनी भएको छ।
५. सुरक्षित मात्रित्व तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न विभिन्न स्वास्थ्य संस्थाहरुमा स्तन पान कक्षको निर्माण गरिएको।
६. अपाङ्ग र जेष्ठ नागरिकहरुको घरमै सामान्य उपचार तथा स्वास्थ्य जाँच गर्न एक वडा एक स्वास्थ्यकर्मी कार्यक्रम निरन्तर सञ्चालनमा।
७. हजार दिनका महिला तथा बालबालिकालाई लक्षित गरि पोषण चौतारी कार्यक्रम संचालन भएको छ र जसले गर्दा बालबालीकाको पोषण अवस्थामा सुधार।
८. रोगहरुको निदानका लागि स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला सेवा संचालनमा।
९. जिल्ला स्तरमै पहिलो वडाको रुपमा नवदुर्गा गाउँपालिका–३ घरमा हुने सु्त्केरी शून्य वडा घोषण भएकामा अन्य वडाहरुमा पनि पूर्ण संस्थागत सुत्केरी अभियान सञ्चालन गरिएको छ जसले गर्दा निकट भविष्यमै थप वडाहरु घोषणा हुने चरणमा।
१०. स्वास्थ्य चौकी स्तरमा नेपाल सरकारले निशुल्क सूचीकृत गरेका औषधीहरुको उपलब्धता सय प्रतिशत पुर्याएको छ।
११. गाउँपालिका भरिका स्वास्थ्य आमासमुहहरुमा सुत्केरी र प्रसुती जटिलता सम्वन्धी मातृ शिशुतथा वाल स्वास्थ्य कार्यक्रम अभियानको रुपमा संचालन।
पशुसेवा शाखा अन्तरगत
१. नवदुर्गा ३ डाडावनमा १५० क्वी. भन्दा बढी जै घाँसको विउ उत्पादन।
२. नवदुर्गा गाउापालिका–१ वाट दुध डेरीको स्थापना गरि जिल्ला सदरमुकाम सम्म दुधको निर्यात भईरहेको।
३. पशु धनको वीमा कार्यक्रम प्रभावकारी रुपमा कृषकहरु आर्कषित हुँदै गएको।
४. लम्पी स्किन जस्तो माहामारीबाट बच्न आवश्यक औषधी उपचारसहित उचित प्रबन्ध मिलाईएको।
कृषि शाखा अन्तरगत
१. अगुवा कृषक तालिमसहित प्रविधि हस्तान्तरण् ।
२ प्लाष्टिक छाना वितरण।
३. विभिन्न वडाहरुमा कृषिका लागि आवश्यक ओजार लगायत बिऊ बिजन पोलिहाउस लागत सहभागितमा वितरण।
४. विभिन्न मौषमी तथा बेमौषमी तरकारीका मिनिकिट विऊ वितरण।
५. लक्षित वर्गहरुमा वासे संरचनाका प्लाष्टिक घर निर्माण।
६. हिउँदे फलफुलका विरुवाहरु वितरण।
न्यायिक समिति अन्तरगत
१. न्यायिक समितिको सक्रियतामा समुदायमा मेलमिलापकर्ताले विवाद समाधानमा महत्वपूर्ण भुमिका निर्वाह गरेको।
२. न्यायिक समितिाको सचिवालयमा दर्ता भएका ११ वटा विवाद मध्ये १० विवाद मिलापत्र गरी विवादको निरुपण गरिएको र यस गाउँपालिकाको न्यायीक समितीमा छलफल भइ समाधान हुन नसकेको १ मात्र विवाद जिल्ला रेफर गरिएको।
३. नवदुर्गा गाउँपालिकाले हाल सम्म विभिन्न ५१ वटा कानुन एैन नियम कार्यविधी नियमावली तथा मापदण्डहरु निर्माण गरेको र जसमध्ये विभिन्न ६ वटा ऐन कानुन तथा कार्यविधीहरु आ.व. २०७९।०८० मा निर्माण भई कार्यान्वयनमा आएको।