कैलाली– धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा एकीकृत समाजवादीले नाम सिफारिस गरेको छ । पार्टीको नगर कमिटीले धनगढी उपमहानगरको मेयर र उपमेयर पदका लागि उम्मेदवार बन्न सिफारिस गरेको हो ।
मेयरमा मदनराज रेग्मी र लोकेन्द्र बानियाँको नाम सिफारिस गरेको छ । यस्तै उपमहानगरपालिकाको उपमेयरमा रोजी बस्नेतलाई सर्वसम्मत उम्मेदवार छनोट गरेको छ ।
नगर प्रमुखका उम्मेदवार रेग्मी धनगढी उपमहानगर कमिटी अध्यक्ष हुन भने बानियाँ प्रदेश कमिटी सदस्य हुन । उपमेयर बस्नेत उपमहानगर कमिटी उपाध्यक्ष हुन् ।
१९ वटा वडा रहेको धनगढी उपमहानगरका सबै वडामा समाजवादीले उम्मेदवारी घोषणा गरी चुनावमा होमिने निर्णयसमेत नगर कमिटीले गरेको छ । वडाध्यक्षको सवालमा वडाबाट आएका सिफारिसका आधारमा जिल्ला किमटीले टुंग्याउनेछ भने वडा सदस्यको हकमा नगर कमिटीले उम्मेदवार चयन गर्ने नगर कमिटी अध्यक्ष मदन रेग्मीले बताए ।
एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले धनगढी नगरका १९ वटै वडामा वटा कमिटी र टोल कमिटी गठन गरिसकेको छ ।