धनगढी: कैलालीमा एक सरकारी गाडीले साइकलयात्रीलाई ठक्कर दिएर भागेको छ।
आज (शुक्रबार) जिल्लाको घोडाघोडी नगरपालिकास्थित साडेपानी क्षेत्रमा एक सरकारी गाडीले साइकलयात्रीलाई ठक्कर दिएको हो।
इलाका प्रहरी कार्यालय सुखडका डिएसपी विरेन्द्र बिसीले भूमिसुधार कार्यालय धनगढीको गाडीले साइकलयात्रीलाई ठक्कर दिएको जानकारी दिए। उनका अनुसार ठक्करबाट साइकलयात्रीलाई (बालक) चोट भने लागेको छैन।
यस्तै सो सरकारी गाडीवालाले साइकल बनाउन पैसा दिएर धनगढीतर्फ भागेको बताइएको छ। अहिले सो घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box