धनगढी : क्यान महासंघ सुदुरपश्चिम पदेशको सातौ सधारण सभा सम्पन्न भएको छ ।
प्रदेश राजधानी धनगढी स्थित होटल ईमेजमा भएको संघको बार्षिक सधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा क्यान महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष धन ब. बोगटीको अध्यक्षतामा सुदुरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वतावरण मन्त्री रमेश धामीले कार्यक्रमको सम्मउद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख आथित्यता गर्नु भएका मन्त्री धामीले सुुदुरपश्चिम प्रदेश सरकार क्यान महासंघले सहकार्य समुन्यतात्मक भूमिका खेली सूचना प्रविधिको विकासलाई सहज बनाउन खेल्ने भूमिकामा आÏनो मन्त्रालय प्रतिवद्ध रहेको कुरा बताए ।
सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्लाहरुको सधारण सभा सम्पन्न पश्चात क्यान महासंघको सधारण सभा सुदुरपश्चिम प्रदेशबाट सुरुवात गरेको क्यान महासंघ केन्द्रिय उपाध्यक्ष हर्क ब. सेटीले बताए । आज सम्पन्न भएको प्रदेश सधारण सभा सबै प्रदेश मध्ये सुरुवती सुदुरपश्चिमबाट भएको उपाध्यक्ष सेटीले बताए ।
बार्षिक सधारण सभाबाट बर्ष भरि भएको गतिविधिहरुलाई सार्वजनिक गर्दै आशिन्न कार्तिक १८ गते पोखरामा हुने विधान महादिवेशनका लागि समेत प्रत्येक जिल्लाहरुबाट आएको सुझाव सहित प्रदेश महासंघमा वृहत छलफल पश्चात विधान महाधिवेशनको लागि लेखित सुझाव सल्लाह केन्द्रमा पठाउने निर्णय भएको सुदुरपश्मि प्रदेश क्यान महासंघका सचिव नरेश धामीले जानकारी दिए ।
कार्यक्रमा जिल्लाका पदाधिकारी सम्वन्धित सरोकारवलापक्षहरुको उल्लेखिय उपस्थिति रहेको थियो