काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।
राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताउदै विज्ञप्ति जारी गरिएको छ ।
महासंघका प्रतिनिधि र सरकारबीच सहमति भैईरहँदा राहत शिक्षकको विषय सम्बोधन नभएपछि अध्यक्ष अधिकारी बाहिरिएका थिए ।
राहतका शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नुपर्ने माग बैठकमा राखिएको तर सुनुवाइ नभएको सडक आन्दोलन पनि यथावत राख्दै देशभरका सामुदायिक विद्यालयमा कार्यतर सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई शसक्त सडक आन्दोलनमा सरिक हुन विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Facebook Comments Box