काठमाडौं : ‘शिक्षक महासंघ मूर्दावाद, महासंघ तेरो पाराले दुख पायो साराले’ लगाएतका नारासहित राहत शिक्षकले आज पनि आन्दोलन जारी राखेका छन्।
हिजो सरकारसँग भएको सहमतिमा आफूहरूको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकले आज पनि आन्दोलन जारी राखेका हुन्।
सरकारसँग गरेको ७ बुँदे सहमतिमा राहतको शिक्षकलाई नसमेटेको भन्दै उनीहरू आक्रोशित भएका हुन्। उनीहरूले शनिबार पनि माइती घरमा विरोध प्रदर्शन गरिरहेका छन्।
शिक्षक महासंघले सरकारसँग गरेको सहमतिमा आफूहरूको माग सम्बोधन नभएको भन्दै विरोध प्रदर्शन जारी राखेका हुन्।
नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए। आइतबारबाट थप सशक्त कार्यक्रम तय गर्ने उनले बताए।
Facebook Comments Box