कञ्चनपुर: शुक्रबार बेलौरी नगरपालिका- ७ स्याली खोला नजिकै सिंहपुरको उखुबारी भित्र हातखुट्टा बाँधेर बच्चा छोडि फरार रहेकी आमा पक्राउ परेकी छिन् । पुनर्वास-२ अमरैया घर भएकि २७ बर्षिया शर्मिला चौधरीलाई शनिबार ईलाका प्रहरी कार्यालय बेलडाँडीले पक्राउ गरेको हो ।
चौधरीलाई शनिबार बेलडाँडी गाउँपालिका–३ वैवाहाबाट पक्राउ गरी थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बेलौरी पठाइएको ईलाका प्रहरी कार्यालय बेलडाँडीका ईन्चार्ज प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरले बताए ।
शर्मिला तेस्रो व्यक्ति संग विवाह गर्न बच्चा छोडेर गएकि प्रहरी अनुसन्धानबाट खुलेको छ । सामान्य बुझ्दा उनले दुई जना संग विवाह गरेको र ती दुवै फरक-फरक श्रीमानबाट बच्चा रहेका बुझिन आएको छ । शुक्रबार उखुबारीमा छोडेका बच्चा र त्यस अघि ६ बर्षको अर्को बच्चा समेत रहेको बुझिएको छ ।
अहिले जो संग थिईन उनी संग त्यो छोडेको नौ महिनाको बच्चाका कारण झगडा हुन थाले पछि उनले बच्चालाई छोडेर अर्केसंग विवाह गर्न हिडेको बुझिएको प्रहरीले बताएको छ ।
तेस्रो व्यक्ति संग फेसबुकबाट कुराकारी भई प्रेममा परि उक्त बच्चालाई उखुबारीमा छोडेर बेलडाँडी( ३ का केटा संग भागेर गएकी भन्ने सुचनाका आधरमा त्यहिबाट प्रहरीले पक्राउ गरेको हो ।
हातखुट्टा बाधेर उखुबारीमा छोडेको अवस्थामा बेलौरीको सिहपुरमा स्थानियले देखेपछि बेलौरी प्रहरीलाई खबर गरेपश्चात ती नौ महिने बालक प्रहरीले सकुसल फेला परेका थिए । बालकलाई प्रहरीबाट मामा घरकि बज्यौले बुझेर लगेका थिए ।