काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको पछिल्लो एक निर्णयले राष्ट्रपति संस्थालाई आलोचित बनाएको बताएका छन्।
सोमबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै शर्माले सरकारले सिफारिस गरेको आममाफी सूचीका कुरा उठाउँदै त्यसले राष्ट्रपति संस्थाकै आलोचना भएको बताए।
गुण्डा नाइके रिगलका नामले परिचित बाँकेका योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसमा आममाफी दिएका थिए।
चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका नेपालगन्जका ुरिगलु भनिने योगराज ढकाललाई संविधान दिवसको अवसर पारेर माफी दिइएको थियो।
ढकाल तरूण दलका नेतासमेत हुन्।
Facebook Comments Box