दोलखा : जिल्लाको विगु गाउँपालिकाले एक सातादेखि आन्दोलनरत मास्टरलाई काम नलगाएको भन्दै स्पष्टीकरण सोधेको छ ।
गाउँपालिकामा रहेका विद्यालयमा कार्यरत राहत शिक्षकहरु विद्यालयमा अनुपस्थित भएपछि विद्यालय व्यवस्थापन समितिले पालिकालाई जानकारी गराएको थियो ।
पालिकाले सोहीअनुसार विद्यालयमा कार्यरत राहत शिक्षकहरुलाई किन हाजिर गराई कामकाजमा लगाउन नसकिएको भन्दै लिखित स्पष्टीकरणको माग गरेको हो ।
यस समयमा विद्यालयमा अनुपस्थित शिक्षकहरुलाई कारबाही गर्न नपर्ने विषयहरु समेत उल्लेख गरि गाउँपालिकाको कार्यालयमा पेस गर्न निर्देशन दिईएको छ ।
Facebook Comments Box