बैतडीः करेन्ट लाग्दा बैतडीमा एक महिलाको मृत्यु भएको छ।
जिल्लाको डिलाशैनी गाउँपालिका–६ बांगाबगरकी ४३ बर्षीया कलावती नाथ करेन्ट लागेर गम्भीर घाइते भएकी थिईन् । उनको उपचारका क्रममा बुधबार मृत्यु भएको हो।
गत भदौ १८ गते करेन्ट लागेर गम्भीर घाइती भएकी कलावतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर नेपालगञ्ज लगिएको थियो।
नेपालगञ्जमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि वर्न हस्पिटल किर्तिपुर लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो। घाँस काट्ने क्रममा विद्युतको हाइटेन्सन लाइनको पोलमा छोइएर नाथलाई करेन्ट लागेको थियो।
Facebook Comments Box