काठमाडौं: उभिएरै धर्नामा रहेका अभियन्ता ‘ईः र काठमाण्डौ महानगरपालिकाबीच चारबुँदे सहमति भएको छ । ईः र महानगरपालिकाका तर्फबाट कार्यपालिका सदस्य चिनीकाजी मर्हजनबीच हिजो बेलुका चारबुँदे सहमति भएको हो। सहमतिसँगै ईः ले आन्दोलनको कार्यक्रम स्थगित गरेका छन्।
साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर उनले ९ दिनदेखि आन्दोलन गर्दै आएका थिए। ईः निरन्तर एक सय ९९ घन्टादेखि महानगरको कार्यालय र राष्ट्रिय सभागृह अगाडि उभिएका थिए।
हिजो दुई पक्षबीच भएको सहमतिमा फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्री महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने र धर्ना स्थगित गर्ने उल्लेख छ।
अरु के-के भयो सहमति ?
Facebook Comments Box