धनगढीः कैलालीमा नगदसहित जुवाको खालबाट १० जना पक्राउ परेका छन्।
जिल्लाको जोशीपुर गाउँपालिका-५ वनकट्टास्थित प्रवेश चौधरीको कुखुरा फारममा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ४० वर्षीय शिव चौधरीसहित १० जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो।
गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। टोलीले उनीहरुलाई १ लाख १३ हजार नगद र ४ बुक तास सहित पक्राउ गरेको बताइएको छ।
यस सम्बन्धमा इलाका प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box