धनगढी: सेन्टर फर सोसल चेन्ज नामक संस्थाले सुदूरपश्चिमसहित नेपालका विभिन्न जिल्लाहरुमा शान्ति र सद्भावका क्षेत्रमा काम गरिरहेको छ। सुदूरपश्चिमको कैलालीसहित नेपालका सुनसरी, बारा र रुपन्देमा सो संस्थाले काम गरिरहेको छ।
सोही क्रममा कैलालीको धनगढीमा जुलाई २४ मा सो संस्थाले एक दिवसीय तालिमसमेत दिएको थियो। शान्ति र सद्भावपूर्ण समाज निर्माण एवं शान्ति र सद्भाव कायम गर्न सञ्चार माध्यमको भूमिका के कस्तो हुने भन्नेबारे संस्थाले पत्रकारहरुलाई तालिम प्रदान गरेको थियो।
सद्भाव परियोजना अन्तरगत आयोजित सो तालिममा कैलालीका विभिन्न मिडियाका २४ जना पत्रकार सहभागी थिए।
यस्तै सो संस्थाले शान्ति र सद्भावको क्षेत्रमा अनुसन्धान एवं वकालतको लागि काम गर्दछ। कैलालीका पनि विभिन्न पालिका र विद्यालयमा सो संस्थाका परियोजना लागू भएका छन्।
Facebook Comments Box