चितवन: कार्यालय सहयोगीलाई पटक पटक बलात्कार गरेको अभियोग लागेका जिल्ला तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी २५ हजार धरौटीमा रिहा भएका छन्।
भण्डारीले पटक पटक बलात्कार गरेपछि बसेको गर्भपतन गर्ने क्रममा अत्यधिक रक्तश्राव भएपछि ज्यानकै जोखिममा परेकी उनले प्रहरीमा भनेको घटना विवरण अदालतमा फेरेपछि त्यही बयानलाई आधार मानेर जिल्ला अदालत चितवनका न्यायाधीश मातृकाप्रसाद आचार्यले मंगलबार भण्डारीलाई २५ हजार रुपैयाँमात्र लिएर धरौटीमा रिहा गर्ने आदेश दिएका हुन्।
श्रीमानले दोश्रो विवाह गरेपछि आफ्नो पतीसँग अलग बस्दै आएकी र साहाराविहिन कार्यालय सहयोगी महिलालाई हाकिमले डर, धम्की देखाउँदै पटक पटक यौन शोषण गर्ने गरेको बताइएको थियो।
Facebook Comments Box