धनगढी : नेकपा एमालेका केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले सत्ता गठबन्धन र सत्ता समीकरण फेरबदल हुने सम्भावना कम भएको बताएका छन् ।
शुक्रबार धनगढीमा पत्रकारसँग कुराकानी गर्दै विश्वकर्माले सत्ता गठबन्धन र सत्ता समीकरण फेरबदल हुने चर्चा चलेपनि कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको बताएका हुन् ।
“एमालेले सत्तालाई मूल विषय बनाएको छैन् । अहिलेको गठबन्धनभित्र खेल्ने चाहाना पनि छैन्,”विश्वकर्माले भने, “परस्थिति जसरी अघि बढ्छ त्यहीअनुसार हुन्छ । एमालेले सत्ता गठबन्धनलाई मूल मुख्य कुरा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई कहिलेसम्म बोकिरहन्छन् ।
विश्वकर्माले अहिलेको सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको बताउँदै शिक्षा, स्वास्थ, अर्थतन्त्र सबै अस्तव्यस्त बनेको उल्लेख गरे । अगामी फागुन २१ र २२ मा सम्पन्न हुने पार्टीको सुदूरपश्चिम अधिवेशन भने सर्वसम्मत गर्ने उनले विश्वकर्माले बताए ।