कञ्चनपुरः भारतीय मगन्तेलाई कञ्चनपुरबाट खेदाइएको छ। जिल्लाको भीमदत्त नगरपालिका–२ मा अस्थायी टहरा बनाई बसोबास गरिरहेका १४ जना भारतीय नागरिकहरुलाई सोमवार भारत फिर्ता पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उनीहरुले विभिन्न चाडपर्वहरुमा माग्ने बहाना बनाएर चोरी, लुटपाट जस्ता घटनाहरु घटाउनसक्ने भएकोले सम्झाई बुझाई गरि सुरक्षित साथ नेपाल भारतको गड्डचौकी नाकाबाट भारततर्फ पठाइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box