धनगढीः सुदूरपश्चिममा भूकम्पको धक्का महसुस भएको छ। आज मंगलबार २ बजेर ४० मिनेट र अहिले भर्खरै ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्निच्युटको भूकम्प गएको हो।
सुदूर पहाडसहित पश्चिम नेपालका अन्य विभिन्न जिल्लामा पनि भूकम्पको धक्का महसूस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ।
Facebook Comments Box