धनगढीः सुदूरपश्चिम प्रदेशको बझाङमा भुईँचालो आएको २४ घण्टा नहुँदै १६८ पाराकम्प गएका छन्। भूकम्प मापन केन्द्र सुर्खेतले बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको जनाएको छ।
मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रबिन्दु भएर पाँच दशमलव तीन म्याग्निटिउडको भूकम्प गएको थियो। त्यसपछि ३ बजेर ६ मिनेटमा चैनपुर आसपास केन्द्र बिन्दु बनाएर भूकम्प गएको थियो। केन्द्रकाअनुसार बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर मङ्गलवारदेखि बुधबार दिउसोसम्म १६८ पराकम्प गएका छन्।
जसमा चार रेक्टर स्केल माथिका ११ वटा पराकम्प गएका छन्।
Facebook Comments Box