धनगढीः जिल्ला प्रशासन कार्यालय, बाँकेले आज बिहान ८ बजेदेखि कर्फ्यु हटाएको छ। प्रशासनले बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु हटाएको हो। राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म पूर्ववत् रुपमा कर्फ्यु जारी रहने प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले बताए।
उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो,उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका( भित्र राति कर्फ्यु यथावत् रहनेछ।
गत असोज १६ गते बिहान सामाजिक सद्भाव र्याली निकाल्ने क्रममा विवाद भएपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो।
Facebook Comments Box