धनगढीः बैतडीमा दिउँदै सुन र नगद चोरी भएको छ। जिल्लाको पाटन नगरपालिका–४ बत्थीका गंगासिंह महरा र तारासिंह महराको घरबाट सुन र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।
बैतडी प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार बुधबार दिउँसोको समयमा गंगासिंहको घरबाट एक तोला चार आनाको गलोबन्द र ४ आनाको तिलहरी चोरी भएको छ। त्यस्तै सोही ठाउँका तारासिंहको घरबाट दुई आना र ५ आनाको दुईटा तिलहरीसहित नगद ६ हजार तीनसय रुपैंया चोरी भएको प्रहरीले जनाएको छ।
घरभित्र बाकसमा राखेका सुनका गहना र नगद चोरी भएकोमा चोरको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box