काठमाडौँ: सहकारीमा बचतकर्ताको पैसा हिनामिना गर्ने अध्यक्ष पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईंलाई मङ्गलवार पक्राउ गरेको हो ।
चौलागाईंले निक्षेपकर्ताहरूको पैसा हिनामिना गरेको आरोपमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका अनुसार चौलागाईंले ४ करोड ४९ लाख ९९ हजार ४ सय ४३ रुपैयाँ ठगी गरेका छन् ।
Facebook Comments Box