काठमाडौं : केहि महिना अघि अश्लील डान्स गरेर विवादित बनेका कोरियोग्राफररडान्सर बद्री विष्ट एक मोडेलबाट पिटिएको भिडियो सार्वजनिक भएको छ । बद्रीमाथि तिनै मोडेल रीतु बस्नेतले हातपात गरेकी हुन्, जोसँग उनले अश्लील डान्सको भिडियो बनाएका थिए ।
केही महिना अगाडि बद्रीले रीतुसँग कथित ‘चेयर डान्स’ भन्दै अश्लील भागभंगीमासहित गरेको डान्सको भिडिओ टिकटकमा भाइरल भएको थियो । उनले रीतुको अनुहारमा मास्क लगाइदिएर उक्त भिडियो सुट गरेका थिए । रीतुले आफूलाई जबरजस्ती मदिरा सेवन गराइ लठ्ठ बनाएर बद्रीले त्यो भिडियो बनाएको आरोप लगाएकी थिइन् । पछि बद्रीले उक्त भिडिओका लागि माफी मागेका थिए ।
अहिले सार्वजनिक भएको भिडियो क्लीपमा एक रेस्टुरेन्टभित्र बसिरहेका बद्रीलाई रीतुले थर्काउँदै पिटेको देख्न सकिन्छ ।
‘उसले गर्दा मेरो घर फेमिली कोही पनि अहिले मसित बोल्दैन’, घटनास्थलमा रहेका व्यक्तिहरुसँग रीतुले भनेकी छन् । त्यसपछि उनले ‘के गर्या तपाईंले भन्नू’ भन्दै बद्रीको कपाल लुछेर झापड लगाएको देखिन्छ । बद्री कुनै प्रतिकार गर्दैनन् । रेस्टुरेन्टका कर्मचारीहरुले रीतुलाई रोक्छन् र बाहिर जान आग्रह गर्छन् । रीतुले ‘पुलिस आइसक्यो’ भनेको सुनिन्छ ।
फेसबुकमा सार्वजनिक भएको ५५ सेकेन्डको भिडिओमा घटनाको वास्तविकता खुलेको छैन । तीन महिना अगाडि दिएको एउटा अन्तर्वार्तामा रीतुले आफूलाई बद्रीले दुरुपयोग गरेको बताएकी थिइन् ।