धनगढी : बझाङमा रुखबाट खसेर बालकको मृत्यु भएको छ ।
जयपृथ्बी नगरपालिका–७ खगेडाका पदमराज सार्कीका ८ वर्षीय छोरा बिजय सार्कीको रुखबाट खसेर शुक्रवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकै रहेको ओखरको रुखमा ओखर टिप्ने क्रममा रुखबाट खसेर बिजयको टाउँकोमा गम्भिर चोट लागेको थियो ।
उनको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box