दार्चुलाः दार्चुलामा चट्याङ पर्दा दुई जना घाईते भएका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका ८ मा चट्याङ पर्दा ३५ वर्षीया महिला र ८ वर्षीय बालक घाईते भएका हुन्।
घाईते दुबै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। चट्याङबाट दुई घरको वाइरिङ र मिटर बक्स जलेको प्रहरीले जनाएको छ।
उक्त आगलागीबाट १ गाईसमेत मरेको र चट्याङले घरको छतमा समेत प्वाल परेको प्रहरीले जनाएको छ।
Facebook Comments Box