धनगढीः चीनमा जारी १९ औँ एसियाली खेलकुदमा नेपालकी कराते खेलाडी एरिका गुरुङले रजत पदक प्राप्त गरेकी छन्। ६८ केजी तौल समूहमा भएको फाइनलमा कजाकस्तानकी खेलाडीसँग पराजित भएपछि एरिका रजत पदकमा चित्त बुझाउनुपरेको छ।
नेपाली कराते इतिहासमा एसियाडमा पहिलो रजत पदक प्राप्त भएको हो। यसअघि सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडिङ टोलीले एसियाडमा रजत पदक ल्याएका थिए।
यसअघि नेपालले महिला कबड्डी टिममा कास्य पदक जितेको थियो। अब करातेको ५० केजी समूहमा सविना श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन्।
Facebook Comments Box