धनगढी: हुम्लामा तुइन चुँडिएर कर्णालीमा खसेका एक जना मजदुर अझै बेपत्ता छन्। सर्केगाड गाउँपालिका २, लेप्चेस्थित तुइनबाट नदी तर्ने क्रममा कर्णाली करिडोरमा कार्यरत मजदुर मकर सिंह नेपाली बेपत्ता भएका हुन्।
मुगुको सोरु गाउँपालिका ५ का ३८ वर्षीय मकर हिजो साँझ सडक आयोजनाको काम सकेर फर्किने क्रममा दुुर्घटनामा परेका थिए। उनको खोजीमा सेनाको बराहदल गुल्मका जमदार नवराज बानियाँको कमाण्डमा ३० जनाको टोलीले खोजी कार्य जारी राखेको बुझिएको छ।
Facebook Comments Box