धनगढी: कैलालीमा अवैध काठसहित तीन जनालाई पक्राउ गरिएको छ। जिल्लाकाे गोदावरी नगरपालिका-८ काे सुर्यदय सामुदायिक वनमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले पक्राउ पर्नेमा ट्रक चालक बैतडीकाे पाटन नगरपालिका-८ बस्ने २५ वर्षीय
शिद्धराज भट्ट, ट्रक साहु ४२ वर्षीय देवराज भट्ट र गाेदावरीका काठ व्यवसायी मदन छेडाल रहेको दिए।
उनीहरूले सु.प.प्र. ०१-००१ ख ३१५७ नम्बरको ट्रकमा ७ फिट लम्बाई भएकाे सालको कडी, ३/४ ईन्च चौडाई भएको १०७ अथात् अन्दाजी तीन लाख मूल्य पर्ने ६३ क्युफिट काठ ल्याइरहेकाे अवस्थामा पक्राउ गरिएको डीएसपी बरालले बताए।
उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। अनुसन्धान सकिएपछि आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइने प्रहरीले जनाएकाेेे छ।