काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले युद्धग्रस्त ईजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको शव तत्काल नेपाल ल्याउन सरकारसंग माग गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत लेखकले ईजरायलमा हमासको हमलामा परि घाईते भएका नेपालीको स्वास्थ्य ऊपचारको व्यवस्था गर्न, मृतकको शव तत्काल नेपाल ल्याउन सरकार समक्ष माग गरेका हुन् ।
यी हुन् उनले सामाजिक सञ्जाल मार्फत सरकार समक्ष राखेका मागहरुः
१) घाईतेको शिघ्र स्वास्थ्य ऊपचारको व्यवस्था गरियोस।
२) बंकरमा रहेका र जोखिममा परेकोलाई तत्काल ऊद्धार गरियोस।
३) हराएका वा सम्पर्कमा नरहेकाको खोजी होस।
४) मृत्यु भएकाको लाश तत्काल ल्याई परिवारको जिम्मा दिईयोस।
५) असुरक्षा, पिडा र जोखिममा रहेका नेपाली र परिवारजनलाई सरकारले अभिभावकत्व गरोस।
Facebook Comments Box