काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले इजरायलमा रहेका नेपालीको उद्धारको लागि परराष्ट्रमन्त्री एनपी साउदलाई पठाउन माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालीहरू खान नपाएर बंकरभित्रै मर्ने अवस्थामा रहेको बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले इजरायलमा रहेका फोन वार्ता गरेको सुनियो त्यसका लागि धन्यवाद। फोन वार्ता मात्रै भएर सकिँदैन भने परराष्ट्रमन्त्रीज्यूलाई तुरुन्तै इजरायल पठाएर भएपनि नेपालीहरूलाई उद्धार गर्ने, खान नपाएर त्यहाँ नेपाली विद्यार्थी मर्ने अवस्थामा छन् । उनीहरूलाई बचाएर नेपाल ल्याउन माग गर्छु ।’
Facebook Comments Box