काठमाडौं : इजरायलमा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको आक्रमणमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ ।
लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको हो । प्यालेस्टाइनी कट्टरपन्थी समूहले गत शनिबार इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो । शनिबार बिहानदेखि इजरायलमा हमास समूहले आक्रमण जारी राखेको छ ।
दक्षिणी क्षेत्रमा पर्ने गाजा नजिकको किबुज अलुमिम क्षेत्रमा सुदूरपश्चिम विश्वविद्यालयका १७ जना विद्यार्थी रहेका थिए । तीमध्ये आक्रमणमा परेर १० जनाको ज्यान गएको हो । मञ्चका अध्यक्ष वासु गौतमले मृतकका परिवारप्रति समवेदना जनाउँदै र दुःखमा साथै छौं भन्ने सन्देश दिनका लागि दीप प्रज्वलन गरेको बताए ।
Facebook Comments Box