डोटी : दशै तिहारको मुखैमा इजरायलमा घटेको दुखद घटनाले यतिबेला सिंगो देश नै शोकमग्न बनेको छ।
प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको छ।
इजरायलमा हमासले गरेको आक्रमणमा मृत्युु हुने १० जनाको सुचीमा नाम समावेश छ, डोटीका राजन फुलाराको।
राजन शिखर नगरपालिका–६ चुडी गाउँमा जन्मिएका हुन्। उनी यहीको सरस्वती माध्यमिक विद्यालयमा एसएलसीसम्म अध्ययन गरेका हुन्।
उनी सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना साथीहरुसंगै ´लर्न एण्ड अर्न’ कार्यक्रम अर्न्तगत इजरायल गएका थिए।
मेधावी छात्र भएकाले कृषिमा रूची राखे। उनी टीकापुरको कृषि क्याम्पसमा अध्ययन गरिरहेका थिए।
उनी २३ वर्षका थिए। शिखर नपरपालिकाका प्रमुख दीर्घबहादुर बलायरका अनुसार उनी परिवारका एक्ला छोरा हुन्। उनकी दुई दिदीको विवाह भइसकेको छ।
परिवारमा एक जना बूढी हजुरआमा हुनुहुन्छ। बुवाआमा पनि वृद्ध भइसक्नु भएको छ।
‘अहिले जसरी हुन्छ शव ल्याइदेऊ भनेर छाती पिटीपिटी रोइरहनु भएको छ,’ मेयर बलायरले भने,‘हामी निरूपाय छौं।`