डडेल्धुरा : ग्लोबल आइएमई बैंक डडेलधुरा शाखाले पुस्तक सहयोग गरेको छ।
बिहीबार बैंकले सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा पुस्तक सहयोग गरेको हो।
विशुद्ध सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत ५० हजार रूपैयाँ बराबरको पुस्तक सहयोग गरेको बैंकका शाखा प्रवन्धक प्रकाश भट्टले जानकारी दिए।
प्रवन्धक भट्टले एक कार्यक्रमकाबीच उक्त पुस्तकहरू उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेज बहादुर साँकीलाई हस्तान्तरण गरेका हुन्।
उक्त पुस्तकहरू बाट धार्मिक ज्ञान लिन चाहना भएका पाठकहरुलाई लाभ हुने विश्वास व्यक्त गरेको भट्टको भनाइ छ।
उनले क्षेत्र विकास अन्तर्गत रहेको वेद आश्रम विद्यालयमा अध्यनरत विद्यार्थीहरू पनि लाभान्वित हुने जानकारी दिए।
Facebook Comments Box