बैतडी: बैतडीको मनेकुँडा गाउँमा पहिलो पटक जीप पुगेको छ। जिल्लाको डिलाशैनी गाउँपालिका-७ मनेकुँडा गाउँमा बिहीवार पहिलोपट जीप पुगेको हो।
पहिलो पटक मनेकुँडामा जीप लगेर गएका चालक प्रकाश बोहरालाई स्थानीयले फूलमाला लगाएर स्वागत गरेका थिए।
यातायातको पहुँच बाहिर रहेको गाउँमा सडक विस्तारसँगै गाडी पुगेपछि स्थानीय खुसी भएका छन्। घण्टौँ पैदल यात्रा गरेर जानु पर्ने बाध्यता रहेकोमा अब सहज हुने स्थनीय प्रदिप जोशीले बताए।
Facebook Comments Box