काठमाडौं : नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गाडीमा तोडफोड गरेपछि त्यस्को हिसाव किताब हुने बताएका छन् ।
झापाको अर्जुनधारामा एमाले नेता बस्नेत सहभागी कार्यक्रममा तोडफोड भएपछि सामाजिक संञ्जालमा बस्नेतले यस्तो चेतावनी दिएका हुन् ।
‘झापाबाट कार्यक्रम भब्य ढंगले सम्पन्न गरेर काठमाण्डौ फर्कने क्रममा युवाहरुबाट बिदाई सम्पन्न भयो । कार्यक्रम सम्पन्न भएपछि अराजक दुर्गा प्रसाईंका पाखण्डीहरुले कथित पहिचानबादीको आडमा पार्किङ्ग गरिराखेको सर्वसाधारण र सहभागीहरुको गाडी तोड्फोड गरेर आफ्नो कायरता प्रदशन गरेका छन् । यस्को हिसाव किताब अबस्य हुनेछ !’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।
सडकमा छरिएर रहेका पहिचानवादी र दुर्गा प्रसाईँ समर्थकहरूले ढुंगामुढा गरी सडक किनारमा पार्किङ गरी राखिएका एक दर्जन बढी सवारीसाधनहरूको सिसाहरू फुटाएका थिए ।