काठमाडौँ । गत शनिबार इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी घाइते भएका कैलालीका धनबहादुर चौधरी पनि नेपाल फर्किएका छन् ।
उनी नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन् । खुट्टामा गोली लागेका उनलाई स्थानीय अस्पतालले डिस्चार्ज गरिदिएमने थियो । उनले घटनामा बाँचेर फर्किएको बताए ।
आक्रमणमा परित घाइते भएका प्रविन डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । आक्रमणमा परेका विपिन जोशी अझै बेपत्ता छन् । १७ जनाको समूहमा भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । मृतको पनि शव ल्याउने प्रक्रिया जारी रहेको बताइएको छ ।
Facebook Comments Box