काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र व्यवस्था बचाउन वर्तमान सत्ता गठबन्धन बनेको भन्दै गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी शर्मा ओली थरथर काँपेको बताएका छन् ।
मंगलबार काठमाडौमा नेपाल विद्यार्थी संघको वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेता पौडेलले अहिले नेपालको राजनीति असजिलो मोडबाट गुज्रिरहेको बताएका हुन् ।
`गठबन्धन बनेपछि ओली आत्तिएका छन् । उनी थुरथुर भएका छन् । त्यसैले उनले बोल्दा सन्तुलन समेत गुमाउन थालेको देखिँदै छ’ उनले भने ।
सत्ता गठबन्धन एकजुट भएको देखेर ओलीले प्रतिगमनकारी शक्तिसँग हात मिलाउन लागे उनको आरोप छ ।
Facebook Comments Box