डडेल्धुरा : निर्माण व्यवसायी तथा डडेल्धुरा काँग्रेस सभापति भीमबहादुर साउँदले डोटीको जोरायलमा विभिन्न आयोजना अलपत्र छोडेको भन्दै हस्ताक्षर संकलन गरि बुझाइएको छ।
संघर्ष समिति जोरायलले शुक्रबार राजेन्द्र निर्माण सेवा कम्पनी धनगढी, कैलालीलाई संकलित हस्ताक्षर बुझाएको हो।
जोरायलवासीको संकलित २ हजार दुई सय ८७ हस्ताक्षर आज जोरायल गाउँपालिका मार्फत राजेन्द्र निर्माण सेवालाई पठाइएको संघर्ष समितिका संयोजक नवीन ओझाले जानकारी दिए।
संकलित हस्ताक्षरको बोधार्थ जिल्ला प्रशासन कार्यालय सिलगढी, डोटी, पूर्वाधार विकास कार्यालय डडेल्धुरा जोरायल गाउँपालिका डोटीलाई पनि गरिएको छ।
राजेन्द्र निर्माण सेवाले ठेक्का स्वीकृत भई सम्झौता भएका ठेकाहरु अलपत्र छोडेको छ भने व्यवसायी तथा काँग्रेस डडेल्धुरा सभापति भीमबहादुर साउँद सम्पर्कविहीन छन्।
रिठादेखी जोरायल चनकट्टे सम्म कालो पत्रे र सरस्वति नगर प्राथमिक स्वास्थ्य केन्द्र चनकट्टेको १५ सैया अस्पताल सक्नु पर्ने समय भित्र कार्य नगरी ठेका अलपत्र पारेकोले जोरायलवासीले सडक र स्वास्थ्य सेवा बाट प्रभावित हुनु परेको संयोजक ओझाको भनाइ छ।
असोज २० गते गठित संघर्ष समितीले तत्काल कार्य प्रारम्भ गराउन विभिन्न चरणका आन्दोलन घोषणा गरेको उनले बताए। उनकाअनुसार संघर्षका कार्यक्रम अन्तर्गत नै आज संकलित हस्ताक्षर बुझाइएको हो।
तत्काल कार्य प्रारम्भ नगरी आलटाल गरेमा आन्दोलनका तेस्रो चरण अन्तरगत यहि कात्तिक १३ गतेदेखी निर्माण कम्पनीका ठेकेदारको विस्तृत विवरण सहितको फोटो, पोस्टर, पम्प्लेट तयार गरी सामाजिक संजालमा पोस्ट गर्ने र सार्वजनिक स्थलसँगै यातायातका साधनमा समेत टास्ने कार्यक्रम रहेको सह संयोजक केशवनारायण जोशीले जानकारी दिए।
अझै आल टाल गरी चित्तबुझ्दो कार्य नगरे चौथो चरणको आन्दोलन अन्तरगत कात्तिक २० गतेदेखि अनिश्चितकालिन भीमदत्त राजमार्गको बुडर सडकखण्ड बन्द गर्न बाध्य हुने समेत संघर्ष समितिले चेतावनी दिएको छ।
सम्बन्धित समाचार
विकासे योजना अलपत्र छोडेर काँग्रेस सभापति साउद लापता : गाडीमा फोटो टाँसेर खोज्ने तयारी