काठमाडौँ : सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो । राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ ।
अदालतका अनुसार न्यायाधीश डण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो ।
राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने पाँच लाख रुपैयाँ धरौटी माग गरिएको बताइएको छ ।
Facebook Comments Box