धनगढी: सद्भाव र शान्ति स्थापनाका क्षेत्रमा क्रियाशील संस्था सामाजिक परिवर्तन केन्द्र (सिएससी) ले राजनीतिक दलसहित विभिन्न संघसंस्थाका युवाहरुबीच अन्तरक्रिया गरेको छ। आज (शुक्रबार) कैलालीको धनगढीमा सो संस्थाले यहाँका युवा नेता तथा पत्रकार र युवाहरुसँग अन्तरक्रिया एवं संवाद गरेको हो।
पछिल्लो समय अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा द्वन्द्वको अवस्था बढिरहेको बेला सो संस्थाले युवाहरुलाई शान्ति र सद्भाव कायम गर्न र गराउनका लागि भन्दै अन्तरक्रिया गराएको हो। सो कार्यक्रममा सिएससीका कार्यकारी निर्देशक प्रकाश भट्टराईले नेपालमा द्वन्द्वको अवस्था, त्यसको कारण र व्यवस्थापनको विषयलाई उजागर गरेका थिए।
हालसम्म सो संस्थाले गरेको अनुसन्धानअनुसार नेपालमा ३८ किसिमका द्धन्द हुने गरेको र त्यसको लागि युवाहरु लाग्नुपर्ने भट्टराईको जिकिर छ।
यस्तै सीएससीले २०२२ जुन देखि २०२३ मेसम्म गरेको एक अनुसन्धानमा नेपालमा सात सय ६ वटा द्वन्द्व भएको पुष्टि गरेको छ। जसमध्ये अहिले सम्म ४३ वटा द्वन्द्वमात्रै समाधान भएको निर्देशक भट्टराईको दाबी छ।
सुदूरपश्चिम प्रदेशको हकमा भने राजस्व बाडँफाड, करको दर बढ्नु, भौगोलिक विविधता, जातीय विविधता, विद्यालयमा शिक्षक दरबन्दी लगायतका कारणले द्धन्द हुने गरेको अनुसन्धानबाट खुलेको छ।
यो संस्थाले अहिले कैलालीको गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाका १२ ओटा विद्यालयमा सद्भावसम्बन्धि कार्यक्रम चलाउँदै आएको छ। विद्यालयस्तरबाटै सामाजिक सद्भाव र शान्ति स्थापनाका लागि कार्य गर्दै आएको सामाजिक परिवर्तन केन्द्र कार्यरत तपराज जोशीले बताए
यस्तै सो कार्यक्रमका सहभागीहरुले पनि द्वन्द्व व्यवस्थापनमा युवाहरूको भूमिका महत्त्वपूर्ण भएको जनाएका थिए। पछिल्लो समय राजनैतिक द्वन्द्व विकराल बन्दै गएकाले त्यसको व्यवस्थापनमा सजक हुनेपर्ने उनीहरूको मत थियो।
कार्यक्रममा सिएससीका कार्यकारी निर्देशक प्रकाश भट्टराई, अनुसन्धानकर्ता कल्पना राना मगर, महिला उद्यमी तथा राष्ट्रिय स्वतन्त्र पाटीका सुदूरपश्चिम प्रदेश कोषाध्यक्ष जसु भट्ट, थारु कल्याण शाखाका माधव थारु, ठाकुर करिया प्रधान, राजनीतिक दलका युवा लगायत पत्रकारहरूको पनि उपस्थिति रहेको थियो।
सामाजिक परिवर्तन केन्द्रले कैलाली, बारा, रुपन्देही र सुनसरी गरी ४ ओटा जिल्लामा काम गर्दै आइरहेको छ।