कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरको बसपार्कमा अचेत अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ। शुक्रबार बिहान अचेत अवस्थामा फेला परेका परिचय नखुलेका व्यक्तिको सोही दिन दिउँसो उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक विगत लामो समयदेखि बसपार्क वरपर माग्दै हिंड्ने गरेका बताइएको छ । उनको मानसिक अवस्था पनि ठीक नभएको प्रहरीको जनाएको छ।
Facebook Comments Box