कैलाली: कैलालीमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। गोदावरी नगरपालिका–७ लालपुरका ४५ वर्षीय बिष्णु भाटलाई शुक्रवार बिहान घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
जिल्ला अदालत कैलालीले सवारी ज्यान मुद्दामा २०७७ माघ ६ गते भाटलाई २ महिना कैद सजाय र २ हजार जरिबानाको फैसला सुनाएपछि उनी फरार रहेका थिए। आवश्यक कारबाहीको लागि भाटलाई इलाका प्रहरी कार्यालय मालाखेतीले अदालतमा पेश गरिसकेको बताएको छ।
Facebook Comments Box