काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको छ।
आज बिहान बसेको तीन नेताहरुको बैठकले सो सहमति गरिएको बताइएको छ। सोही अनुसार कोशी प्रदेशमा पनि गठबन्धनको निरन्तरता हुने बुझिएको छ।
‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौं’, भनेर लेखिएको सहमतिमा प्रचण्ड, देउवा र कोइरालाले हस्ताक्षर गरेका छन्।
Facebook Comments Box