धनगढी: बझाङस्थित स्वास्थ्य कार्यालयमा नयाँ हाकिम उपस्थित भएका छन्। निमित्त हाकिमले चलाइरहेको स्वास्थ्य कार्यालयमा लालबहादुर धामी कार्यालय प्रमुख भएर गएका हुन्।
सातौं तहका जनस्वास्थ्य अधिकृत धामी यसअघि स्वास्थ्य कार्यालय कैलालीमा थिए। बझाङमा सातौं तहका भानुभक्त जोशीले निमित्त प्रमुख भएर काम गरिरहेका थिए।
अहिले हाकिम धामीले आफैंले सरुवा मागेर बझाङ गएको बताइन्छ।
Facebook Comments Box