कैलालीः कैलालीका विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–२ भन्सार रोड नजिकबाट भन्सार छलीका अन्दाजी १९ हजार ३ सय ७० मूल्य बराबरको चिनी, मिठाई, नरिवल, खुर्सानी लगायतका सामान, टिकापुर नगरपालिका–७ सोनाफाटाबाट अन्दाजी ४६ हजार मूल्य बराबरको लेडिज सुट, साडी लगायतका सामान बरामद भएको छ।
यस्तै भजनी नगरपालिका–७ कुरुवा घाटबाट अन्दाजी ९ हजार मूल्य बराबरको अबैध बोईलर कुखुरा र भजनी नगरपालिका–८ कृष्णनगरबाट अन्दाजी ६ हजार मूल्य बराबरको सुर्ती, सलाई, बिडी लगायतका सामान गरि जम्मा ८० हजार ३ सय ७० मूल्य बराबरको सामान बिहीवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Facebook Comments Box