काठमाडौं : अन्तर्राष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाका जानकार रूपक सापकोटा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई सल्लाहकार नियुक्त गरेको हो। सापकोटाले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारका रूपमा पत्र बुझिसकेको जानकारी दिए।
अहिले उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका छन्।
Facebook Comments Box