काठमाडौँ : रुसी सेनामा भर्ना भएका सन्दीप थपलियाको मृत्यु भएको छ। रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्धको लडाइमा संलग्न भएका उनी युक्रेनी सेनाको ट्र्यापमा परेका थिए।
उनले नेपालमा रहेको बहिनीलाई फोन गरेर आफूलाई जङ्गलतिर लिएर गइरहेको जानकारी गराएका थिए। त्यसपछि उनी सम्पर्कमा आएनन्। जुलाई १४ मा रसीयाबाट उनको मृत्यु भएर शव गाडेको सन्देश आएको द न्युयोर्क टाइम्समा प्रकाशित समाचारमा उल्लेख छ।
Facebook Comments Box