डडेल्धुराः डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराले दसैंको अवसरमा डडेल्धुरा अस्पतालमा उपचाररत बिरामी, उनीहरुका कुरुवा र कर्मचारीलाई फलफूल वितरण गरेको हो।
बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेपाली विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष पवन ऐरले जानकारी दिए । उनका अनुसार अस्पतालमा ५० जनालाई फलफूल वितरण गरिएको हो।
‘नेपाली काँग्रेसले दसैँ, तिहार, नेपाल सम्वत र छठ पर्वको अवसरमा देशव्यापी विभिन्न कार्यक्रम गर्दै आएको छ,’ उनले भने, ‘डडेल्धुरामा हामीले बिरामीलाई फलफूल वितरण गरेका हौं । त्योसंगै शुभकामना आदानप्रदान पनि गरिएको छ ।’
Facebook Comments Box