धनगढी : इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव नेपाल ल्याइएको छ।
परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणकाअनुसार नेपालीको शव आज बिहान नेपाल ल्याइएको हो। फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको शव ल्याइएको उनले जानकारी दिए।
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको, बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएको र अन्य शव पनि चाँडै नेपाल ल्याइने उनले बताए ।
हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
Facebook Comments Box